रुसले लगायाे फेसबुक र ट्विटरमा प्रतिबन्ध

रुस-युक्रेनबीच युद्ध छेडिएकाे आज १० ‍औं दिन हो । रुसी सेनाले युक्रेनमा लगातार आक्रमण गरिरहेकाे छ। 

यस बीचमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले सामाजिक सञ्जाल फेसबुक र ट्विटरमा प्रतिबन्ध लगाएका छन् । उनले झुटाे खबर फैलिएकाे भन्दै सामाजिक सञ्जालमा प्रतिबन्ध लगाएका हुन् ।

प्रतिबन्ध लगाएसँगै फेसबुकले रुसले विश्वसनीय जानकारी मानिसहरूबाट टाढा राख्न खाेजेकाे आराेप लगाएकाे छ ।

माइक्राेसफ्टले रुसमा कम्पनीकाे उत्पादन र सेवालाई खारेज गर्ने बताएकाे छ । यसभन्दा पहिला एप्पलले आफ्नाे सबै उत्पादनमा प्रतिबन्ध लगाइसकेकाे छ ।

युक्रेनले रुसी हमला राेक्नका लागि रुसी अधिकारीहरूसँग तेस्राे पटक वार्ताकाे आयाेजना गर्ने याेजना बनाइरहेकाे छ ।





  • प्रकाशित मिति : फागुन २१, २०७८ शनिबार ७:५०:३३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया