स्मार्टफोन निर्माता कम्पनी सामसुङले ‘वर्तमान भूराजनीतिक अवस्था’ लाई ध्यानमा राख्दै रुसमा आफ्ना फोन र चिप्सको बिक्रीमा प्रतिबन्ध लगाएकाे छ ।
दक्षिण कोरियाको सामसुङ रुसमा सबैभन्दा धेरै बिक्री हुने स्मार्टफोन ब्राण्ड हो । यसपछि सबैभन्दा धेरै बिक्री चीनको शाओमी र अमेरिकाको एप्पल रहेकाे छ ।
कम्पनीले युक्रेनमा मानवीय राहत कार्यमा सहयोग गर्न ६० मिलियन डलर सहयोग गर्ने बताएको छ।
यसमा कर्मचारीहरू र इलेक्ट्रोनिक्सबाट सङ्कलन गरिएको पैसा समावेश हुनेछ।
यसअघि शुक्रबार माइक्रोसफ्टले रुसमा आफ्ना सामानको बिक्री रोकेको थियो ।
हर्मेस, केरिङजस्ता विलासी सामान बनाउने धेरै फ्रान्सेली कम्पनीहरूले पनि रुसमा आफ्ना उत्पादनहरूकाे बिक्रीमा प्रतिबन्ध लगाएका छन् ।
यसै क्रममा कार्ल्सबर्ग बियर बनाउने डेनमार्कको कम्पनीले पनि रुसमा निर्यात बन्द गरेको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।