युक्रेनका दुई सहरमा रुसले अस्थायी युद्धविराम गर्दै त्यहाँ मानिसहरुलाई बाहिर निस्किन र सहर छाड्न दिने घोषणा गरेको छ ।
यो घोषणा आएलगत्तै मारियुपोलका मेयर वेडिम बोइचेन्कोले एक भावुक अभिव्यक्ति दिएका छन् ।
उनले मारियुपोल सहर उसका भवन र सडकका कारण नभएर त्यहाँका मानिसका कारण अस्तित्वमा आएको बताएका छन् ।
उनले रुसले कब्जा गरेको र अब आफूहरुसँग त्यहाँबाट मानिसहरु बाहिर निकाल्नुको अरु कुनै विकल्प नभएको बताएका छन् ।
यसभन्दा पहिले मारियुपोलका मेयरले रुसी सेनाले घेराबन्दी गरेको भन्दै नागरिकलाई सहर छोड्न अनुमति दिन अनुरोध गरेका थिए ।
रुसको रक्षा मन्त्रालयले शनिबार दक्षिणी युक्रेनका दुई सहर मारियुपोल र वोल्नोवाखामा अस्थायी युद्धविरामको घोषणा गरेको थियो ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।