कांग्रेस चितवनको सभापतिमा राजेश्वर खनाल निर्वाचित

नेपाली कांग्रेस चितवनको सभापतिमा रामेश्वर खनाल निर्वाचित भएका छन् ।

उनलाई दोस्रो चरणमा संस्थापन पक्षका मिलनबाबु श्रेष्ठले समर्थन गरेका थिए । खनालले पहिलो चरणको निर्वाचनमा सबैभन्दा धेरै मत ल्याएका थिए ।

शुक्रबार भएको पहिलो चरणको मतदानमा कसैले पनि ५० प्रतिशत मत कटाउन सकेका थिएनन् । पाँच जना उम्मेदवारबीचको प्रतिष्पर्धामा खनाल र श्रेष्ठले धेरै मत ल्याएका थिए ।

संस्थापन इतरको कोइराला समूहले सभापतिको साझा उम्मेदवार चयन गर्न नसकेपछि चार जना एक्लाएक्लै चुनावको मैदानमा होमिएका थिए ।

शेखर कोइराला निकटका खनालले ७४६ र शेरबहादुर देउवा निकटका श्रेष्ठले ६६२ मत ल्याएका थिए । अरू उम्मेदवार उत्तम जोशीले ४ सय ७२, प्रा. डा सूर्यकान्त घिमिरेले ४ सय २६ र कैलाश कोइरालाले ४ सय १२ मत प्राप्त गरेका थिए ।





  • प्रकाशित मिति : फागुन २१, २०७८ शनिबार १५:२७:२८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया