गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले मधेस प्रदेश र गण्डकी प्रदेशबीच समृद्धिका लागि विभिन्न क्षेत्रमा सहकार्यको आवश्यक्ता रहेको औँल्याएका छन् ।
मख्यमन्त्री पोखरेलले दुई प्रदेश सरकारबीचको सहकार्यबाट समृद्धि हुन सक्ने र समृद्धिका क्षेत्रको खोजी गरेर अगाडि बढन आफूहरू तयार रहेको बताए ।
शनिबार जनकपुर–पोखरा विमान सेवा सुरु भएपछि पहिलो उडानमा मधेस भ्रमणमा जनकपुर पुग्नु भएका उनले सञ्चारकर्मीसँग कुरा गर्दै संघीयतालाई बलियो बनाउन र प्रदेश–प्रदेश बीचको सम्बन्धलाई बलियो बनाउनु पर्ने आवश्यक्ता रहेको बताए ।
मुख्यमन्त्री पोखरेलले पोखरा पर्यटकीय गन्तव्य रहेको र जनकपुर धार्मिक पर्यटकीय क्षेत्र भएकाले दुवै प्रदेश बिचमा पर्यटकीय विकास गरेर यसबाट लाभ लिन सक्ने बताए । उनले मधेस प्रदेशमा धार्मिक पर्यटन क्षेत्रको अधिक सम्भावना रहेको बताए ।
त्यसैगरि मधेस प्रदेशका पर्यटनमन्त्री शत्रुधन महताले दुवै प्रदेश बीचमा सहकार्यबाट पर्यटन क्षेत्र लाभान्वित हुन सक्ने बताए ।
जनकपुर विमान स्थलमा मुख्यमन्त्री पोखरेललाई मधेस प्रदेशका पर्यटनमन्त्री महतो, भौतिक, पूर्वाधार तथा यातायातमन्त्री रामसरोज यादव, सुरक्षा निकायका प्रमुखहरुले स्वागत गरेका थिए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।