मुस्ताङको मानापाथी हिमालबाट हिमपहिरो खस्दा डेढ दर्जन चौँरी मरे
फरकधार / २१ फागुन, २०७८

मुस्ताङको मानापाथि हिमालबाट पुनः हिमपहिरो खसेको छ । कार्तिकको तेस्रो साता हिमपहिरो खस्दा भागदौड मच्चिएको थियो । तीन महिना नकट्दै पुनः सोही ठाउँमा हिमपहिरो खसेको हो ।



हिमपहिरोका कारण चौँरीगोठ पुरिएको स्थानीयले बताएका छन् । हिमालको फेदमा रहेको सुशीला गौचन र नरप्रसाद गौचनको चौँरीगोठमा रहेका १५ चौँरी हिमपहिरोमा पुरिएर मरेको बताइएको छ । त्यहाँ ३९ वटा चौँरी थियो ।

जिल्ला प्रशासन कार्यालयले भने सातवटा मरेको र अरु हराएको जनाएको छ । १४ वटा चौँरी भने जिउँदै भेटिएको स्थानीयले बताए । सहायक प्रमुख जिल्ला अधिकारी रामचन्द्र ढकालले घटनाबारे खोजबिन भइरहेको बताए ।



‘के कति क्षति भयो भन्ने यकिन छैन । प्रहरी खटाएर हामी खोजी गर्दै छौँ,’ उनले भने, ‘कार्तिकमा पहिरो झरेकै ठाउँबाट अहिले पनि झरेको हो ।’ उनले जलवायु परिवर्तनको असरले मुस्ताङको तापक्रम दैनिक बढ्दै गएकोले हिमालमा क्षति पुगेको बताएका छन् ।



‘तापक्रम बढेको छ । घाम लाग्नेबित्तिकै मान्छेहरु डराउँछन् । किसानहरूले गोठ सार्न थालेका छन्,’ उनले थपे, ‘विज्ञहरू पनि यसलाई जलवायु परिवर्तनकै असर भन्छन् । गाउँलेलाई सोध्दा यस्ता घटना कहिल्यै नबेहोरेको सुनाउँछन् ।’

  • प्रकाशित मिति : फागुन २१, २०७८ शनिबार १८:२७:९,   अन्तिम अपडेट : फागुन २१, २०७८ शनिबार १८:२७:२९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया