कोरियन गायिका बाइ सुजीको डाइट प्लान

जाडोको बिदाईसँगै गर्मीको मौसम सुरु भइसकेको छ । गर्मीको सुरुवातसँगै फिटनेसको रुटिनलाई पछ्याउनेको संख्या पनि बढिरहेको छ । हामी सबैका लागि अभ्यास र डाइट अत्यावश्यक छ ।

कोरियाका अभिनेत्रीहरु हालका दिनमा ओटीटी प्लेटफर्म र सामाजिक सञ्जालमा निकै छाइरहेका छन् । कोरियन शोहरुको माग बढ्दो छ । 

कोरियन महिला सेलिब्रेटीहरु सुन्दरता र फिटनेसमा उत्तिकै ध्यान दिन्छन् । यहाँ केही लोकप्रिय कोरियन गायिकाहरुको डाइटको बारेमा प्रस्तुत गरिएको छ ।

फिल्म ‘आर्किटेक्चर १०१’ की अभिनेत्री तथा गायिका बाइ सु—जी उर्फ बाइ सुजीलाई आफ्नो सुन्दरताका लागि ‘नेसन्स फस्र्ट लभ’को उपाधि दिइएको छ । यो उपाधि उनले आफ्नो वजन घटाएवापत पाएकी हुन् । 

उनी नास्तामा एक गुलियो आलु, चिकन ब्रेस्ट र कम फ्याटवाला दुध खान्छिन् । खानामा ब्राउन चामल र सलाद खान्छिन् र डिनरमा दुई गुलियो आलु खान्छिन् ।

ली जी—उन उर्फ आइयू कोरियाकी अर्की चर्चित गायिका हुन् । जब आइयू पहिलोपटक टेलिभिजनमा देखिएकी थिइन्, उनको शरीर निकै मोटो थियो । उनले आफ्नो करियरको सुरुवात १५ वर्षको उमेरमा गरेकी थिइन् । मोटो शरीरलाई घटाउनका लागि उनले स्ट्रिक्ट डाइट फलो गरिन् ।



आइयूको डाइटको कुरा गर्दा उनी नास्तामा एक स्याउ खान्छिन् । लञ्चमा एक गुलियो आलु र डिनरमा एक कप प्रोटीन शेक खान्छिन् । उनी यति खानेकुरा खाएर दिनभर काम गर्न सक्छिन् ।

डाभिची पप डुओकी गायिका काङ मिन—क्युङ पनि फिटनेसका लागि लोकप्रिय छिन् । उनलाई पेस्ट्रीज निकै मनपर्छ । यहीकारण आफ्नो करियरको सुरुवातमा उनी निकै मोटी थिइन् । आफूलाई पहिलोपटक टेलिभिजनमा देख्दा आफैं चकित भएपछि उनले डाइट सुरु गर्ने निर्णय लिइन् ।



उनको डाइट निकै साधारण छ । उनी नास्तामा एक गुलियो आलु, एक कप कम फ्याटवाला दुध र चिकन ब्रेस्ट सलाद लिन्छिन् । लञ्चमा एक स्याउ र दुई गुलियो आलु खान्छिन् तथा डिनरमा एक कप लो फ्याट मिल्क, तीन चेरी, टमाटर र एक गुलियो आलु लिन्छिन् ।

  • प्रकाशित मिति : फागुन २१, २०७८ शनिबार २०:३१:१५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया