सत्तारुढ नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक आज पनि बस्दैछ । बैठक बिहान ११ बजे बस्ने माओवादी केन्द्रीय कार्यालयका सचिव श्रीराम ढकालले जानकारी दिए ।
माओवादी केन्द्रीय कमिटी बैठक गत शुक्रबारबाट सुरु भएको हो । आजको बैठकमा केन्द्रीय कमिटीलाई पूर्णता, पोलिटब्युरो, स्थायी कमिटी गठनलगायतका एजेण्डामा छलफल हुने उनले बताए ।
माओवादीले पदाधिकारीसँगै स्थायी कमिटी चयनको तयारी थालेको छ । गत शुक्रबारको बैठकमा एमसिसीलगायतका समसामयिक विषयमा छलफल भएको थियो ।
ढकालका अनुसार बैठकको कार्यसूची कार्ययोजना निर्माण र संगठन हुनेछ । गत पुसमा सम्पन्न माओवादीको आठौँ महाधिवेशनले २४७ केन्द्रीय सदस्य चयन गरेको थियो ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।