तनहुँ सदरमुकाममा लागेको आगो नियन्त्रण गर्न श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठ प्रभु एयरको हेलिकोप्टर लिएर दमौली पुगेका छन् ।
आज बिहानदेखि सुरु भएको आगलागी नियन्त्रणमा आउन नसकेपछि पानीसहितको हेलिकोप्टर लिएर उनी दमौली पुगेका हुन् ।
पानीसहितको हेलिकोप्टर लिएर आगलागी नियन्त्रणका लागि गएको मन्त्री श्रेष्ठको प्रेस सल्लाहकार तेजप्रसाद वाग्लेले जानकारी दिए । तनहुँ मन्त्री श्रेष्ठको गृहजिल्ला पनि हो । दमौली बजारको भोर्लेटार चोकमा आगलागी भएको छ ।
भुपाल हार्डवेयर र ज्योति हार्डवेयरमा बिहान करिब १० बजेदेखि आगलागी भएको हो । आगो अझै नियन्त्रणमा आउन सकेको छैन ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।