नाबालिगमाथि बलात्कार आरोपमा मुद्दा खेपिरहेका अभिनेता पूर्णविक्रम शाह (पल शाह)लाई थुनामा राख्न १२ दिन म्याद थप गरिएको छ ।
उनमाथिको जबरजस्ती करणी मुद्दाको अनुसन्धान गरिरहेको तनहुँ प्रहरीलाई थप अनुसन्धानका लागि अदालतले १२ म्याद थप गरेको हो ।
१७ वर्षीया बालिकाले आफूलाई पटकपटक बलात्कार र यौन दुर्व्यवहार गरेको भन्दै उजुरी दिएपछि शाह १५ फागुनमा तनहुँको प्रहरी कार्यालयमा उपस्थित भएका थिए ।
त्यसपछि उनीमाथि तनहुँ प्रहरीले अदालतबाट सात दिनको म्याद लिएर अनुसन्धान सुरु गरेको थियो ।
सात दिने म्याद शनिबार सकिएको थियो । त्यसपछि थप अनुसन्धानका लागि तनहुँ प्रहरीले तनहुँ जिल्ला अदालतमा म्याद माग्दै शाहलाई उपस्थित गराएको थियो ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।