राप्रपा नेपालले संगठन विस्तारलाई तीव्रता दिएको छ । पछिल्लो समय जनवर्गीय संगठनसँगै विभिन्न जिल्ला समितिहरू धमाधम गठन भइरहेका छन् ।
यस क्रममा राप्रपा नेपाल निकट कार्यकर्ताहरूको भेलाले पार्टीको गोरखा जिल्ला अध्यक्षमा कुल बहादुर बस्नेत र महोत्तरी जिल्ला अध्यक्षमा यानिखर गौतमलाई सर्वसम्मत चयन गरेको हाे ।
बस्नेतको अध्यक्षतामा ६३ सदस्यीय राप्रपा नेपाल गोरखा जिल्ला कार्य समिति गठन भएको छ भने गौतमको अध्यक्षतामा ५३ सदस्यीय राप्रपा नेपाल महोत्तरी जिल्ला समिति गठन भएको छ ।
जनवर्गीय संगठनहरूमा युवक र विद्यार्थीको नेतृत्वको जिम्मेवारी क्रमशः कैलाश कटुवाल र कमल बम रजवारले प्राप्त गरेका छन् ।
भोलि फाल्गुन २४ गते महिला संगठन केन्द्रीय समिति घोषणा सभाको तयारी अन्तिम चरणमा पुगेको तथा २८ गते राष्ट्रिय युवा मोर्चाको घोषणा हुने राप्रपा नेपालका महामन्त्री राजाराम बर्तौलाले जानकारी दिए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।