माओवादीको केन्द्रीय कमिटी बैठक जारी (फोटो फिचर)

माओवादी केन्द्रको केन्द्रीय समिति बैठक जारी छ । आइतबारका लागि बोलाइएको बैठक गृहकार्य नपुगेको भन्दै स्थगित गरी सोमबारका लागि बोलाइएको हो ।

बत्तीसपुतलीस्थित अनुपम फुडल्याण्डमा जारी बैठकमा केन्द्रीय सदस्यहरूले बोल्ने क्रम जारी छ । बैठकमा नारायणकाजी श्रेष्ठ पक्षका नेताहरू पनि सहभागी छन् ।

अमेरिकी सहयोग परियोजना एमसिसीलाई लिएर श्रेष्ठ समूहले असन्तुष्टि सार्वजनिक गरेपछि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले श्रेष्ठ समूहलाई पार्टी छाडेर जान सक्ने, आफूले केही गर्न नसक्ने अभिव्यक्ति दिएपछि सम्बन्ध बिग्रिएको थियो ।  

राष्ट्रिय महाधिवेशन सम्पन्न भएको तीन महिनापछि माओवादी केन्द्रको केन्द्रीय समितिको पहिलो बैठक बसेको हो । आजको बैठकमा अध्यक्ष प्रचण्डले बाँकी केन्द्रीय सदस्य पनि मनोनीत गर्ने भएका छन् । माओवादीले अझैसम्म पदाधिकारी चयन गर्न सकेको छैन ।   

तस्बिरमा हेर्नुस् माओवादीको केन्द्रीय कमिटी बैठक :





  • प्रकाशित मिति : फागुन २३, २०७८ साेमबार १४:२:४४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया