टर्की जाँदै परराष्ट्रमन्त्री खड्का

परराष्ट्रमन्त्री डा. नारायण खड्का मंगलबार टर्की जाने भएका छन् । 

टर्कीको विदेश मन्त्रालयले यही मार्च ११ देखि १३ सम्म आयोजना गर्ने एन्टल्या डिप्लोमेसी फोरममा सहभागी हुन उनी त्यसतर्फ जान लागेका हुन् । 

‘विज्ञहरूको भेलामा सहभागी हुन भोलि टर्की जाँदैछु’, परराष्ट्रमन्त्री डा. खड्काले सोमबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा भने । 

टर्की भ्रमणका बेला त्यहाँका समकक्षीसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको उनले जनाए । भेटवार्तामा आपसी हितका विषयमा छलफल गरिने उनले बताए । 

फोरममा थुप्रै देशका विदेशमन्त्रीलाई निमन्त्रणा गरिएको छ । अन्य देशका विदेशमन्त्रीसँग पनि भेटघाट गर्ने उनले जनाए । 

टर्कीको विदेश मन्त्रालयले फोरममा सहभागी हुन युद्धरत रुस र युक्रेन दुवै देशका विदेशमन्त्रीलाई समेत निम्तो दिएको छ । 





  • प्रकाशित मिति : फागुन २३, २०७८ साेमबार १६:५६:२०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया