नेपाल बार एसोसिएसन : अध्यक्षमा आठजनाको उम्मेदवारी

नेपाल बार एसोसिएसन निर्वाचन समितिले सोमबार उम्मेदवारहरूको नामावली प्रकाशित गरेको छ । चैत १९ गते हुने चुनावका लागि उम्मेदवारहरूको प्रथम नामावली प्रकाशित गरिएको हो । 

प्रकाशित नामावलीमा ८ जना अध्यक्ष उम्मेदवार रहेका छन् भने उपाध्यक्षमा (प्रदेश र महिला) २१ जनाको उम्मेदवारी परेको छ ।

अध्यक्षमा उम्मेदवारी दिनेहरूमा वरिष्ठ अधिवक्ता विष्णुमणि अधिकारी, वरिष्ठ अधिवक्ता अमितालक्ष्मी सैंजु श्रेष्ठ, वरिष्ठ अधिवक्ता गोपालकृष्ण घिमिरे, अधिवक्ताहरु उद्धवचन्द्र घिमिरे, उत्तमबहादुर श्रेष्ठ, अनिता जधारी, कमलप्रसाद मलेंगो र पृथ्वीनाथ राई रहेका छन् ।

त्यस्तै महासचिवमा ७ जनाको उम्मेदवारी परेको छ भने कोषाध्यक्षमा ३ जनाको उम्मेदवारी परेको छ ।





  • प्रकाशित मिति : फागुन २३, २०७८ साेमबार २२:७:४०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया