मध्यरातमा गाडी रोकेर तोडफोड, तीनजना पक्राउ

पृथ्वीराजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका–१ अम्रेनीमा मध्यरातमा गाडी रोकेर तोडफोड गर्ने तीनजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा व्यास–५ स्थायी घर भई व्यास–४ बस्ने २२ वर्षीय अभिषेक श्रेष्ठ, हेटौँडा उपमहानगरपालिका–३ स्थायी घर भई हाल व्यास–३ का १८ वर्षीय अन्जन पुलामी र व्यास–५ का २२ वर्षीय रोशनकुमार श्रेष्ठ रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 

उनीहरूलाई दमौली बजारबाट सोमबार पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक युवराज खड्काले जानकारी दिए । पक्राउ परेकाविरुद्ध आपराधिक उपद्रव मुद्दा शीर्षकमा थप अनुसन्धान भइरहेको छ । 

आइतबार राति डुम्रेबाट दमौलीतर्फ आउँदै गरेको ग१क २६६३ नंको मिनीट्रकलाई सोही दिशाबाट मोटरसाइकल र स्कुटरमा आउँदै गरेका युवाहरूले रोकी चालक रेखबहादुर थापा कुटपिट गरेका थिए । 

उनीहरूले उक्त ट्रकमा ढुङ्गासमेत प्रहार गरी सिसा, हेडलाइड फुटाएका थिए । घटनालगत्तै फरार उनीहरूलाई प्रहरीले खोजतलास गर्दै जाँदा लु७२प १३०६ नंको स्कुटर र प्र०२–००–०००३प १८९१ नंको मोटरसाइकलसहित पक्राउ गरेको बताएको छ ।  





  • प्रकाशित मिति : फागुन २४, २०७८ मंगलबार ८:२३:१५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया