रुस र युक्रेनका क्लबमा रहेका विदेशीले आफ्नो सम्झौता अवधि बाँकी रहेको भए पनि त्यसलाई टुंग्याउन पाउने भएका छन् । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले रुस र युक्रेनका क्लबमा आवद्ध विदेशी खेलाडी तथा प्रशिक्षकले अस्थायीरूपमा सम्झौता टुंग्याउन सक्ने जनाएको हो ।
रुसले युक्रेनमाथिको आक्रमण जारी राखेपछि फिफाले रुस र युक्रेनमा रहेका विदेशी खेलाडी तथा प्रशिक्षकले सम्झौता अन्त्य गरेर अन्यत्र जान पाउने जनाएको छ । तर यो प्रावधान भने सिजनको अन्त्य अर्थात् ३० जुनसम्मका लागि मात्र लागू हुनेछ ।
त्यस्तै, फिफाले अन्य देशका क्लबहरूलाई रुस तथा युक्रेनमा खेलिरहेका विदेशी खेलाडीमध्ये दुई जनालाई अनुबन्धन गर्न पाउने समेत जनाएको छ । फिफाले रुसमाथि अन्तर्राष्ट्रिय फुटबल खेलका लागि प्रतिबन्ध लगाइसकेको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।