दीपेन्द्रसिंह ऐरी ‘आइसिसी प्लेयर अफ द मन्थ’ को मनोनयनमा

नेपाली राष्ट्रिय क्रिकेट टोलीका अलराउन्डर दीपेन्द्र सिंह ऐरी ‘आइसिसी प्लेयर अफ द मन्थ’ अवार्डको मनोनयनमा परेका छन् ।

फेब्रुअरी महिनाको उत्कृष्ट खेलाडीको मनोनयनमा दीपेन्द्रसँगै भारतका श्रेयस अय्यर र युएईका वृत्य अरविन्द छन् । 

दीपेन्द्र र वृत्यले आइसिसी टि-२० विश्वकप छनोटमा उत्कृष्ट प्रदर्शन गरेका थिए।श्रेयसले श्रीलंका र वेस्ट इन्डिजविरुद्ध सिरिजमा उच्च प्रदर्शन गरे ।

दीपेन्द्रले विश्वकप छनोटमा १५९ रन बनाएर तथा ३ विकेट लिएका थिए ।त्यसअघि चार देश सम्मिलित सिरिजमा १४२ रन बनाउनुका साथै आयरल्यान्डविरुद्ध एकै खेलमा ४ विकेट हात पारेका थिए ।

उनी ‘आइसिसी प्लेयर्स अफ द मन्थ’ अवार्डका लागि मनोनयनमा पर्ने तेस्रो नेपाली खेलाडी हुन् । यसअघि नेपालका सन्दीप लामिछाने तथा कुशल भुर्तेल पनि यस अवार्डको मनोनयनमा परेका थिए । 





  • प्रकाशित मिति : फागुन २५, २०७८ बुधबार १५:३८:३८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया