हिमालयनलाई हराउँदै मनाङ खप्तड गोल्डकपको फाइनलमा

मनाङ मर्स्याङ्दी क्लब पाँचौं संस्करणको  मुख्यमन्त्री सुदुरपश्चिम खप्तड गोल्डकपको फाइनल प्रवेश गरेको छ ।

धनगढी रंगशालामा बुधबार भएको पहिलो सेमिफाइनलमा हिमालयन शेर्पा क्लबलाई पेनाल्टी सुटआउटमा ४–२ ले हराउँदै मनाङ फाइनल पुगेको हो ।

खेलको निर्धारित ९० मिनेट १–१ को बराबरीमा सकिएपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट लिइएको थियो । जसमा मनाङले बाजी मार्यो ।

खेलको २८औं मिनेटमा शिशिर लेखीले हेडरमार्फत गोल गर्दै मनाङलाई सुरुवाती अग्रता दिलाएका थिए ।

८०औं मिनेटमा सुरेश कुमालले गोल गर्दै हिमालयनलाई १–१ गोलको बराबरीमा ल्याए । 

त्यसपछि थप गोल हुन नसक्दा खेल पेनाल्टी सुट आउटसम्म पुगेको हो ।



मनाङले उपाधिका लागि बागमती युवा क्लब सर्लाही र फ्रेन्ड्स क्लबबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ ।



  • प्रकाशित मिति : फागुन २५, २०७८ बुधबार १८:५८:१९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया