नागरिकता विधेयकलाई शीर्ष नेताहरूसँग छलफल गरेर टुङ्ग्याउँछौँ : गृहमन्त्री
फाइल तस्बिर

गृहमन्त्रालयले लामो समयदेखि विवादित बनेको नागरिकता विधेयकलाई टुंग्याउन प्रमुख दलका शीर्ष नेताहरुसँग छलफल गर्ने भएको छ ।

बुधबार गृहमन्त्रालयमा भएको नागरिकता विधेयकमाथिको छलफलमा बोल्दै गृहमन्त्री खाँडले नागरिकता विधेयकलाई अघि बढाउने र टुंग्याउन सत्तापक्ष र प्रमुख प्रतिपक्षका नेताहरुलाई सहयोग लिने बताए । 

नागरिकताको विषय धेरै संवेदनशील र दूरगामी असर गर्ने भएकोले राजनीतिक रुपमा आम सहमति बन्नुपर्ने आवश्यकता रहेको बताए । उनले यसबारेमा पार्टीका शीर्षस्थ नेताहरु र पार्टी अध्यक्षहरुलाई जानकारी गराइने पनि बताए । 

उनले नेपाली नागरिकले नागरिकता पाउनुपर्ने कुरा सबैको साझा दायित्व भएको भन्दै यसलाई पूरा गर्न सबैको सहयोग आवश्यक रहेको बताए ।

'पार्टीका सबै शीर्ष नेताहरु र पार्टी सभापतिहरुलाई हामीले यसबारेमा जानकारी गराउनेछौँ र सत्तापक्ष, प्रमुख प्रतिपक्ष र प्रतिपक्षका नेताहरुसँग हाम्रो आग्रह छ, नेपाली नागरिकले नागरिकता पाउने कुरा हामी सबैको साझा दायित्व हो । साझा दायित्व पूरा गर्न सबैको धारणा, सहयोग र आवश्यक्ता आवश्यक छ’ उनले भने ।

त्यस्तै कानून, न्याय तथा संसदीय मामिला मन्त्री दिलेन्द्रप्रसाद बडूले जन्मसिद्ध नागरिक र अंगीकृत नागरिकलाई सबैभन्दा बढी समस्या भइरहेको बताए ।



उनले नागरिकता नपाउँदा राज्यका सेवा, सुविधाबाट वञ्चित भइरहेको भन्दै यो विषयलाई प्राथमिकतामा राखेर तत्काल समस्या समाधान गर्नुपर्ने बताए । मन्त्री बडूले नागरिकताको विषय धेरै पेचिलो बन्दै गएको र यो विषय दलीय सहमतिमा लगेर तत्काल टुंग्याउन आवश्यक रहेको बताए ।

मन्त्री बडूले धेरै समय नागरिकहरुलाई नागरिकताविहीन बनाउनु नहुने भन्दै यसको समस्या तत्काल समाधान गर्नुपर्ने बताए । नागरिकता विधेयक प्रतिनिधि सभाको राज्यव्यवस्था तथा सुशासन समितिमा २०७५ सालको साउनमा दर्ता भएर छलफलमा नै रहेको छ ।



  • प्रकाशित मिति : फागुन २५, २०७८ बुधबार १९:२८:१६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया