रुसले युक्रेनसँगको शान्ति वार्तालाई निरन्तरता दिन चाहन्छ : रुसी सरकारका प्रवक्ता

रुसले युक्रेनसँग पुनः शान्ति वार्ता गर्न चाहेको बताएको छ । रुसले युक्रेनसँग जतिसक्दो चाँडो वार्ता गर्न चाहेको रुस सरकारका प्रवक्ता डिमित्री पेस्कोभले जानकारी दिएका हुन् । 

यसअघि भएका तीन चरणका वार्तालाई सकारात्मक रुपमा लिई त्यसलाई अगाडि बढाउनुपर्नेमा जोड दिँदै रुसले बुधबार शान्तिवार्ता गर्न चाहेको बताएको हो । 

रुसले युक्रेनबाट विस्थापित भएका सबैको रक्षाका लागि र उनीहरूको सहयोगका लागि पर्याप्त प्रयास गर्ने पनि उनले बताएका छन् । त्यसका लागि युक्रेनको तर्फबाट पनि पहल हुनुपर्ने रुसी अधिकारीको भनाइ छ।

यसैबीच रुसी विदेशमन्त्री सेर्गेइ लाभ्रोभ टर्की प्रस्थान गर्न लागेका छन् । त्यहाँ हुने कार्यक्रममा उनले युक्रेनका समकक्षीसँग भेटवार्ता गर्ने सम्भावना छ । 





  • प्रकाशित मिति : फागुन २५, २०७८ बुधबार २१:४२:२३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया