साउथका स्टार प्रभासले पठाए नेपाली फ्यानलाई यस्ताे सन्देश

साउथका सुपरस्टार प्रभासले नेपाली दर्शकलाई सम्बोधन गर्दै भिडियो सन्देश पठाएका छन् । 

एक भिडियो सन्देशमार्फत् उनले आफ्नो रिलिजको क्रममा रहेको फिल्म ‘राधे श्याम’लाई अघिल्ला फिल्मझैं माया गर्न आग्रह गरेका छन् ।

‘नमस्ते नेपाल । मेरो फिल्म राधेश्याम ११ मार्चमा नेपालका फिल्म हलहरूमा रिलिज हुँदै छ । हेरेर माया गरिदिनुहोला’, आफ्नो सन्देशमा प्रभासले भनेका छन् । उनले यो भिडियो सन्देश फिल्म ‘राधे श्याम’को नेपाल वितरकलाई पठाएका हुन् ।

फिल्म आउँदो शुक्रबारदेखि नेपालमा पनि प्रदर्शन हुँदै छ । फिल्ममा प्रभासले पूजा हेग्डेसँग अनस्क्रिन रोमान्स गरेका छन् । सन् १९७० को युरोपको सेटिङमा बनेको यो रोमान्टिक फिल्मलाई राधाकृष्ण कुमारले निर्देशन गरेको हुन् ।

‘बाहुबली’को प्रदर्शनयता नेपालमा पनि प्रभासका फ्यानहरू बढिरहेका छन्।





  • प्रकाशित मिति : फागुन २६, २०७८ बिहीबार १२:३८:२३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया