एमसिसीविरुद्धको प्रदर्शनमा स्कुले बालबालिकाकाे दुरुपयाेग [फोटो फिचर]

अमेरिकी सहयोग परियोजना एमसिसी संसदबाट पारित भए पनि यसको विरोधमा सडक प्रदर्शन भइरहेका छन् । विभिन्न साना दलहरूले एमसिसी पारितको विरोधमा सरकारविरुद्ध प्रदर्शन गर्ने गरेका छन् ।

यस्तै, बिहीबार पनि विभिन्न दलहरू राजधानीमा विरोध प्रदर्शन गरेका थिए । प्रदर्शनमा युवाभन्दा पनि बालबालिका धेरै देखिन्थे । बिहीबार रत्नपार्क शान्तिबाटिकामा भएको विरोध प्रदर्शनमा बालबालिकाको प्रयोग गरिएको थियो । बालबालिका १४, १५, १६ उमेरका समूहका देखिन्थे । राजनीतिक दलका कार्यक्रममा बालबालिकालाई झुक्याएर वा प्रलोभनमा पारेर ल्याइनु न्यायोचित नहुने सरोकारवाला बताउँछन् ।

नेकपा (क्रान्तिकारी माओवादी), नेकपा (मसाल) र नेपाल कम्युनिस्ट पार्टीलगायत ६ कम्युनिस्ट पार्टी र २ मोर्चा निकट विद्यार्थी संगठनले एमसिसी सम्झौताविरुद्ध विरोध प्रदर्शन गरेका हुन् ।





 

  • प्रकाशित मिति : फागुन २६, २०७८ बिहीबार १४:१५:२६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया