राष्ट्रिय सभामा एमालेको नेतामा भट्टराई र प्रमुख सचेतकमा दाहाल नियुक्त

प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)को राष्ट्रिय सभा संसदीय दलको नेतामा खिमलाल भट्टराई नियुक्त भएका छन् । भट्टराई यसअघि प्रमुख सचेतक थिए ।

एमालेले प्रमुख सचेतकमा देवन्द्र दाहाललाई नियुक्त गरेको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीले बिहीबार उनलाई राष्ट्रिय सभा संसदीय दलको नेता र प्रमुख सचेतक नियुक्त गरेका हुन् ।

यसअघि राष्ट्रिय सभा संसदीय दलको नेता रहेका सुमन प्याकुरेलको कार्यकाल सकिएर बिदा भएका छन् । 





  • प्रकाशित मिति : फागुन २६, २०७८ बिहीबार १७:१९:११

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया