काठमाडौं महानगरको मेयर बन्ने राजेशको इच्छा

अभिनेता राजेश हमाल काठमाडौं महानगरपालिकाको मेयर बन्ने इच्छा व्यक्त गरेका छन् । प्रसारणको तयारीमा रहेको 'अ डे वीथ राजेश हमाल'मा उनले काठमाडौं महानगरको मेयर बन्ने इच्छा व्यक्त गरेका हुन् ।

हमालले आफ्नो अफिसियल युट्युब च्यानलमा प्रशारणको तयारीमा रहेको भिडियो ट्रेलर सार्वजनिक गर्दै महानगरको मेयर हुने इच्छा प्रकट गरेका छन् । १ मिनेट ४३ सेकेन्डको ट्रेलरमा उनले नेताहरूले काठमाडौं व्यवस्थित गर्न नसकेको पनि गुनासो गरेका छन् ।

‘शहरलाई ब्युटिफाइ गर्ने कुरामा कसैको ध्यान गएन । भाषणमा भने भनिरहेका हुन्छन् । प्राक्टिकल्ली गर्ने सोच नपुगेर हो कि ढंगै नपुगेर हो, एकपटक काठमाडौं शहरको मेयर बन्नुपर्छ कि क्या हो म ?’, उनले भनेका छन् ।





  • प्रकाशित मिति : फागुन २६, २०७८ बिहीबार १७:५१:७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया