विदेशबाट नेपाल आउने यात्रुले कोभिडविरुद्धको खोपको पूर्ण मात्रा लगाएको खोप कार्ड वा पिसिआर रिपोर्टमध्ये एउटा देखाए पुग्ने भएको छ ।
खोप कार्ड वा पिसिआर नेगेटिभ भएको प्रमाणपत्र ल्याएमा क्वारेन्टिन पनि बस्नुनपर्ने अध्यागमन विभागले जनाएको छ । नयाँ व्यवस्थानुसार अब हवाई तथा स्थलमार्गबाट यात्रुहरु खोप कार्ड वा पिसिआर नेगेटिभको रिपोर्ट देखाए निर्बाध नेपाल आउन पाउनेछन् ।
नेपाल आउँदा यात्रुले खोप लगाएको प्रमाणपत्र पेस गर्नुपर्नेछ। खोप लगाएको प्रमाणपत्र पेस गर्न नसक्ने यात्रुले यात्रा सुरु गर्नुअघि ७२ घण्टाभित्रको परीक्षणको नतिजा नेगेटिभ आएको प्रमाणपत्र देखाएमा समेत नेपाल प्रवेश पाउनेछन् ।
हवाईमार्ग वा स्थलमार्ग भई विदेशबाट नेपाल प्रवेश गर्ने यात्रुको सम्बन्धमा कोभिड–१९ को जोखिम विश्लेषण आवश्यकतानुसार परीक्षण गर्ने, थप कडाइ गर्ने वा नगर्ने निर्णय अब कोभिड–१९ संकट व्यवस्थापन केन्द्रबाटै हुने विभागले जनाएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।