भारतको पञ्जाबमा आम आद्‍मी पार्टीको चमत्कार

भारतको पञ्जाव राज्यमा आम आद्मी पार्टी (एएपी)ले तीन चौथाई मत प्राप्त गरेको छ । 

विधान सभाका लागि भएको निर्वाचनमा अत्यधिक मत पाएसँगै पञ्जाब प्रदेशको सरकार आम आद्मीले नै बनाउने भएको छ ।

न्यून आय भएका र मध्यम वर्गीय व्यक्तिहरूले आम आद्मीलाई मन पराएको पाइएको र आम आद्मीले चमत्कार गरेको टिप्पणी भएको छ । 

स्थानीय समय अनुसार बिहीबार बेलुका ६ बजेसम्म, कुल ११७ प्रदेश सभा सदस्य मध्ये ८९ मा आम आद्मीले जित हासिल गरिसकेको छ । 

त्यसैगरी अहिले मत गणना भइरहेका मध्ये ३ ठाउँमा अग्रता कायम गरेको निर्वाचन अधिकारीहरूले जानकारी दिएका छन् ।  

प्रदेश सरकारमा रहेको दल कांग्रेसले भने १५ ठाउँमा मात्रै जित हासिल गरेको निर्वाचन आयोगले जनाएको छ । अहिले मत गणना भइरहेका मध्ये कांग्रेस पनि तीन सिटमा अग्रस्थानमा देखिएको छ । 



अत्यधिक मत ल्याएकोले आम आद्मी पार्टीले भगवन्त मानलाई मुख्य मन्त्री बनाउने भएको छ । उनलाई पार्टीले निर्वाचन अगाडि नै मुख्यमन्त्रीको उम्मेदवारको रुपमा अगाडि सारेको थियो । 



  • प्रकाशित मिति : फागुन २६, २०७८ बिहीबार २०:१:४६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया