ऋषि कपुरको अन्तिम फिल्म ओटिटीमा मात्र रिलिज हुने

अभिनेता ऋषि कपुरको अन्तिम फिल्म ‘शर्माजी नमकीन’ को रिलिज मिति घोषणा गरिएको छ । निर्माताले फिल्मको पोस्टर सार्वजनिक गर्दै फिल्म मार्च ३१ मा रिलिज हुने घोषणा गरेका हुन् । 

यद्यपि फिल्म हलमा नभई ओटिटी प्लेटफर्म अमेजन प्राइममा रिलिज हुन् लागेको हाे ।

हितेश भाटियाले निर्देशन गरेको यसफिल्ममा ऋषिसँगै परेश रावल, जुही चावला, सुहेल नय्यर, तारुक रैना, सतीश कौशिक, शीबा चड्ढा र ईशा तलवारको मुख्य भूमिका रहेको छ । 

फिल्म छायांकनमै रहदा ३० अप्रिल २०२० मा ऋषि कपूरको निधन भएको थियो । उनको मृत्युपछि परेश रावलले उनको भूमिका निर्वाह गर्दै फिल्मको बाँकी छायांकन पूरा गरेका हुन् ।





  • प्रकाशित मिति : फागुन २७, २०७८ शुक्रबार १०:५६:५५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया