‘प्रकाश’ काे फर्स्टलुक सार्वजनिक

नेपाली कथानक चलचित्र ‘प्रकाश’काे फर्स्टलुक सार्वजनिक गरिएकाे छ ।

‍‍चलचित्र ‘प्रसाद’काे निर्देशन गरी चर्चा बटुलेका निर्देशक दिनेश राउतले यस पटक भने साेसल ड्रामामा पाइला चालेका छन् । 

उनले लभर ब्याेईकाे भूमिकामा देखिइरहने अभिनेता प्रदीप खड्कालाई भिन्न रूपमा प्रस्तुत गर्दैछन्।  

प्रदीपकै जन्मोत्सवको दिन पारेर निर्देशक राउतले फर्स्टलुक सार्वजनिक गरेका छन् । फर्स्टलुकमा प्रदीप पूर्णरूपमा गाउँले लुक्समा देखिएका छन् । उनकाे साथमा छिन्- दीया मास्के । 

निर्देशक राउतले फिल्मको कथा अनुरूप प्रदीप सुहाउँदो रहेको छोटो प्रतिक्रिया दिए । 

‘फिल्मको फर्स्टलुक सार्वजनिक गरेका छौं । बाँकी आउने कन्टेनले बताउने छ’, दिनेशले भने । 



प्रदीप यसप्रकारको गेटअपमा पहिलो पटक देखिएका हुन् । पोस्टरमा दीयाले ऊनको पछ्यौरीले टाउको ढाकेकी छन् भने घाँटीमा मंगलसुत्र र नाकमा बुलाकी लगाएकी छन् । 

फिल्मले निम्न वर्गीय परिवारमा हुर्किएको एक युवकले सरकारी स्कुलको शिक्षक बन्न गर्ने संघर्षको कथा वाचन गरेको छ ।



महेन्द्र अधिकारीले निर्माण गरेको फिल्ममा प्रदीप र दीयासँगै रेनु योगी, प्रकाश घिमिरे, रामबाबु रेग्मी, पवित्रा खड्का, प्रशान्त श्रेष्ठ, निरज पन्थी, गोविन्द सुनुवार, लोकेन्द्र लेखक, दीपेन्द्र शाहीलगायतका कलाकारहरूको अभिनय रहेको छ । 

विकास सुवेदीको कथा रहेको फिल्ममा राजेश श्रेष्ठको छायांकन, जीवन थापाको सम्पादन, दिपक शर्मा, तारा प्रकाश लिम्बु र एलिस कार्कीको संगीत छ । १० भदाै २०७९ लाई प्रदर्शन मिति घोषणा गर्दै निर्माण टिमले फर्स्टलुक पनि सार्वजनिक गरेको हो । 


 

  • प्रकाशित मिति : फागुन २७, २०७८ शुक्रबार ११:१५:२२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया