सात महिनामा सरकारको कूल खर्च ५ खर्ब ९१ अर्ब
फाइल तस्वीर

चालु आर्थिक वर्ष २०७८/७९ को पहिलो सात महिनामा सरकारले पुँजीगत खर्च गर्न नसकेको पाइएको छ । 

नेपाल राष्ट्र बैंकले शुक्रबार जारी गरेको नयाँ तथ्याङ्क अनुसार गत साउनदेखि माघ महिनासम्ममा संघीय सरकारले कूल ५ खर्ब ९१ अर्ब २ करोड रुपैयाँ खर्च गरेको छ । 

सरकारले खर्च गरेको रकममध्ये चालु खर्चतर्फ ४ खर्ब ७५ अर्ब ६२ करोड रुपैयाँ, पुँजीगत खर्चतर्फ ६० अर्ब ७९ करोड रुपैयाँ र वित्तीय व्यवस्था अन्तर्गतको खर्चतर्फ ५४ अर्ब ६१ करोड रुपैयाँ रहेको छ । 

बितेको सात महिनामा सरकारले कुल राजस्व ६ खर्ब १३ अर्ब ४१ करोड रुपैयाँ (प्रदेश सरकार तथा स्थानीय तहमा बाँडफाँड हुने रकमसमेत) परिचालन भएको छ । 

राजस्वमध्ये कर तर्फ ५ खर्ब ६० अर्ब ८४ करोड र गैर–कर राजस्व तर्फ ५२ अर्ब ५७ करोड परिचालन भएको छ । 

पछिल्लो सात महिनामा संघीय सरकारले ट्रेजरी विलमार्फत् २३ अर्ब रुपैयाँ र विकास ऋणपत्रमार्फत २९ अर्ब ५० करोड रुपैयाँ गरी कूल ५२ अर्ब ५० करोड आन्तरिक ऋण परिचालन गरेको छ ।





  • प्रकाशित मिति : फागुन २७, २०७८ शुक्रबार १६:१५:३१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया