देशलाई संकटमुक्त गर्न ताजा जनादेशमा जानुको विकल्प छैन : कमल थापा

राप्रपा नेपालका अध्यक्ष एवं पूर्व उपप्रधानमन्त्री कमल थापाले देशलाई संकटबाट मुक्त गर्न ताजा जनादेशको विकल्प नरहेको दाबी गरेका छन् ।

शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै अध्यक्ष थापाले देशलाई संकटबाट मुक्त गर्न ताजा जनादेशको विकल्प नरहेको दाबी गरेका हुन् । उनले देशमा भ्रष्टाचार अत्यन्त विकराल अवस्थामा पुगेको बताए । 

अध्यक्ष थापाले भ्रष्टाचार नियन्त्रण गर्ने संस्था राजनीतिक दलहरूको दबाब र प्रभावमा परेर निष्प्रभावी बनेको आरोप लगाए । उनले नेपालको राष्ट्रिय राजनीति संकटको चक्रव्यूहमा फसेको बताउँदै सरकार प्रभावहीन बनेको बताए ।

'समग्र परिदृश्यलाई दृष्टिगत गर्दै अब देशलाई संकटबाट मुक्त तुल्याउनुका निम्ति ताजा जनादेश र संसदको चाँडोभन्दा चाँडो निर्वाचनमा जानु नै सबैभन्दा उपयुक्त विकल्प हो' उनले भने ।

अध्यक्ष थापाले आगामी स्थानीय तहको निर्वाचनमा राप्रपा नेपाल सहभागी बन्ने र राप्रपा नेपालको प्राथमिकता स्थानीय निर्वाचन नभई संसदीय निर्वाचन भएको बताए । उनले आगामी निर्वाचनबाट पार्टीलाई राष्ट्रिय पार्टी बनाउने पनि दाबी गरे ।

'राप्रपा नेपाल अहिले युद्धस्तरमा संगठन निर्माणको तयारीमा छौँ । स्थानीय तहको चुनावमा राप्रपा नेपाल सहभागी हुन्छ । हाम्रो प्राथमिकता स्थानीय तहको निर्वाचन भन्दा पनि संसदीय निर्वाचनमा छ । आगामी संसदीय निर्वाचनबाट राप्रपा नेपाललाई राष्ट्रिय पार्टी बनाउने ढंगबाट आवश्यक तयारी गरिरहेका छौँ’ उनले भने ।





  • प्रकाशित मिति : फागुन २७, २०७८ शुक्रबार १७:५८:०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया