एमाले प्रवेश गर्दै करिश्मा : ओलीबाट प्रभावित, उम्मेदवार बनाए पछि नहट्ने
फाइल तस्वीर

नायिका करिश्मा मानन्धर नेकपा एमालेमा प्रवेश गर्ने तयारी गरेकी छन् । उनले बिहीबार एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेटसमेत गरेकी छन् । एमाले अध्यक्ष ओलीलाई भेटेपछि आफू एमालेमा प्रवेश गर्ने तयारीमा रहेको बताएकी छन् ।

उनी डा. बाबुराम भट्टराईको नेतृत्वको तत्कालीन पार्टी नयाँ शक्ति नेपालबाट पार्टी राजनीतिमा सक्रिय भए पनि केही समयपछि अलग भएकी थिइन् । त्यसयता कुनै पनि पार्टीमा आवद्ध नभएकी उनी एमाले अध्यक्ष ओलीलाई भेटेपछि फेरि राजनीतिमा सक्रिय हुन लागेको बुझिएको छ ।

उनले आफू एमालेमा प्रवेश गर्न लागेको तर कुनै पदका लागि बार्गेनिङ नगर्ने उनको भनाइ छ । उनले आफूलाई एमालेले विश्वास गरेर जिम्मेवारी दिनेमा आफू विश्वस्त रहेको समेत बताइन् । साथै उनले पार्टीले आफूलाई उम्मेदवारका रूपमा अगाडि सारे पछि नहट्ने बनाइ राखेकी छन् ।

'पार्टीले कस्तो भूमिका दिन्छ भनेर पनि थाहा छैन । पार्टीले आफ्नो तर्फबाट उमेदवारको रुपमा अगाडि मलाई सार्यो भने पछि हट्दिनँ' उनले अन्तर्वार्तामा भनेकी छन् ।

उनले अन्तर्वार्तामा खुलेर एमाले अध्यक्ष ओलीको प्रशंसा गरेकी छन् । उनले आफू ओलीको व्यक्तिबाट प्रभावित रहेको समेत बताएकी छन् ।

ओली सबै कुरा बुझेको, व्यावहारिक र हरेक वर्ग उमेर समूहका मानिससँग मिल्ने सक्ने आफूले पाएको उनले बताएकी छन् । कला क्षेत्र र कलाकारलाई राम्रोसँग बुझेको र आफ्ना बारेमा पनि धेरै कुरा थाहा भएकाले पनि आफू ओलीबाट प्रभावित भएको उनले खुलाएकी छन् ।





  • प्रकाशित मिति : फागुन २७, २०७८ शुक्रबार १८:५३:३३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया