Fri, 06 Dec, 2019


अब मोबाइलमा नेपाली टाइप गर्न नेपाली पात्रोको नेपाली किबोर्ड
फरकधार / पुस २, २०७५

काठमाडौं– केही पहिलेसम्म अंग्रेजीमा लेख्न नसके पनि रोमनमा फेसबुकमा स्टाटस लेख्नेहरु निकै धेरै थिए । तर, अब फेसबुकजस्ता सामाजिक सन्जाल तथा मेसेन्जरहरुमा देवनागरी लिपीमा नै आफ्ना स्टाटस तथा सन्देश लेख्नेहरु बढेका छन् । यस्तो सम्भव मोबाइलको किबोर्डलाई नेपाली युनिकोडमा लेख्न सक्ने बनाउने सफ्टवेयरहरुका कारण भएको हो ।



त्यस्तै एउटा सफ्टवेयर हो, नेपाली किबोर्ड ।

वर्षौंदेखि नेपाली पात्रो एप सन्चालन गरेर नेपालीहरुलाई तिथीमिति बुझ्न तथा दैनिक विभिन्न जानकारी दिएर सफलताको पाइला अगाडि बढिरहेको टिमले नै यो नेपाली किबोर्ड एप सुरु गरेको हो ।

नेपाली पात्रोले यो किबोर्ड प्रयोगकर्तालाई अझ सहज होस् भन्ने हेतुले विकास गरेको र एपस्टोरहरुमा राखेको हो । 

अन्य किबोर्डभन्दा धेरै सहज भएको, अन्य किबोर्डमा भन्दा धेरै इमोजी राखेको र नेपाली प्रयोगकर्ताको चाहना तथा आवश्यकतालाई विशेष ध्यानमा राखेकाले यो किबोर्ड अन्य किबोर्डभन्दा धेरै सहज हुने निर्मार्ताको दाबी छ । हुन पनि नेपाली किबोर्डमा टाइप गर्दा सहजै आफूले टाइप गर्न खोजेका शब्दहरुको सुझाव छान्न सकिन्छ, किबोर्डलाई नेपाली र अंग्रेजीमा बदल्न पनि सहज छ । अझ यसमा अत्यन्त धेरै इमोजीहरु पनि छन् ।

याे एपमा राेमानाइज्ड तथा अन्य नेपाली फन्टमा टाइप गरिरहेकाहरुलाई पनि सहज बनाउन दुवै किसिमले नेपालीमा लेख्न सकिने बनाइएकाे छ । यसकाे अर्थ राेमनमा लेखेर पनि याे एपबाट नेपाली युनिकाेडमा लेख्न सकिन्छ । अझ यसअघि नेपाली टाइप जानिसकेकालाई पनि याे एप सहज छ ।

सामाजिक सन्जालको सन्चालनमा मात्र होइन, किबोर्डको फ्लेक्जिबिलिटीले यसलाई कार्यालयका अनेक काममा पनि प्रयोग गर्न सकिन्छ । जे होस्, मोबाइलबाट कसैलाई आफ्नै भाषा नेपालीमा लेख्न मन छ भने यो एप डाउनलोड गरेर प्रयोग गर्न सकिन्छ ।

अत्याधुनिक, भरपर्दो तथा सहज भएकैले हुनुपर्छ, नेपाली किबोर्ड रिलिज भएको केही समयमा नै धेरै नेपाली प्रयाेगकर्ताले यसको प्रयोग गर्न थालिसकेका छन् । ‘हामी उत्साहित छौँ, हामीले सबैलाई सहज होस् भन्ने ध्येयले बनाएको यो एप अहिले दस लाखभन्दा धेरैले प्रयोग गरिरहनु भएको छ,’ नेपाली पात्रो समूहका एक डेभलपर भन्छन्, ‘मोबाइल बोक्ने र नेपालीमै सन्देश पठाउन, सामाजिक सन्जाल चलाउन तथा विभिन्न कामहरु गर्न चाहनेका लागि यो निकै उपयोगी छ ।’ 

नेपाली पात्रो टिमले चाहिँ यो नेपाली किबोर्डमा थप सुविधा तथा फिचरहरु थप्दै जाने र यसको विकास गर्दै जाने बताएको छ ।

एन्ड्रोइड मोबाइल प्रयोगकर्ताले यहाँ क्लिक गरेर सहजै नेपाली किबोर्ड आफ्नो मोबाइलमा प्रयोग गर्न सक्छन् । त्यस्तै आइफाेन प्रयाेगकर्ता तथा आइओएस प्रयाेगकर्ताले यहाँ क्लिक गरेर नेपाली किबाेर्ड प्रयाेग गर्न सक्नेछन् ।


यो सामाग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्