प्रथम बागमती प्रदेश खेलकुद प्रतियोगिता आजबाट सुरु हुँदैछ ।
हेटौंडास्थित पिप्ले क्याम्पा रंगशालामा आज विशेष कार्यक्रमकाबीच १५ दिने प्रतियोगिताको औपचारिक उद्घाटन हुनेछ।
बागमती प्रदेशका १३ जिल्लाको सहभागिता रहको प्रतियोगितामा एथलेटिक्स, फुटबल, भलिबल, कराते, तेक्वान्दो, ब्याडमिन्टन, क्रिकेट र बक्सिङका १ हजार ८ खेलाडीले प्रतिस्पर्धा गर्नेछन् ।
पिप्ले क्याम्पा रंगशालामा पुरुष फुटबल र थानाभर्याङ कभर्डहलमा ब्याडमिन्टका खेल २९ फागुन देखि हुनेछन् ।
३० फागुनदेखि चितवनको माडी खेल मैदानमा महिला तथा पुरुष भलिबल र गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा महिला तथा पुरुष क्रिकेटका खेल संचालन हुनेछन् ।
हेटौंडाको भुटनदेवी स्कुलमा ५ चैतदेखि तेक्वान्दो हुनेछ ।
काठमाडौंकाे दशरथ रंगशालामा ६ चैतदेखि एथलेटिक्स तथा सिन्धुपाल्चोकमा ७ चैतदेखि कराते हुनेछ ।
काभ्रेको धुलिखेल फुटबल मैदानमा समापनसहित दुई खेलको आयोजना हुनेछ । त्यहाँ महिला फुटबल ७ चैत तथा बक्सिङ ९ चैत देखि संचालन हुँदा १२ चैतमा समापन हुनेछ ।
प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय स्थान हासिल गर्नेलाई नगद, शिल्ड र प्रमाणपत्र प्रदान गरिनेछ र प्रत्येक खेलाडीको बिमा पनि गरिएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।