फेसन र मनोरञ्जन उद्योगलाई सरकारले सहयोग गर्नुपर्छ : सरोकारवाला

नेपालमा फेसन तथा मनोरञ्जन उद्योगलाई सरकारले सहयोग गर्नुपर्ने सरोकारवालाले बताएका छन् । 

शनिबार काठमाडौंमा अडिसन सुरु भएको मिस्टर नेपाल २०२२ का आयोजक रवि धमलाले फेसन तथा मनोरञ्जनका राष्ट्रियस्तरका कार्यक्रममा सरकारले सहयोग गरे नेपाली व्यवसायीलाई नै सहयोग पुग्ने बताए । कोभिड-१९ पछि खुल्दै गरेको बजार र व्यवसायमा सरकारको सहयोग भए व्यवसायीहरूको मनोबल उच्च हुने उनले बताए । 

उनले अन्य छिमेकी देशमा राष्ट्रियस्तरका कार्यक्रममा सरकारले सहयोग गरिरहेको उल्लेख गर्दै नेपालमा पनि यस किसिमका सहयोग सरकारबाट आउनु पर्ने बताए । आयोजक धमलाले मिस्टर नेपालले नेपाललाई विश्वभर चिनाउने र यस पटक मिस्टर नेपालले मिस्टर वर्ल्डको बाटो खुला गरेको पनि बताए ।

'छिमेकी राष्ट्र भारत, चीन, कोरियालगायतका देशमा सरकारको तर्फबाट राष्ट्रिय लेभलको प्रतियोगितालाई सिधा सरकारले सहयोग गरिरहेको हुन्छ । नेपालमा यस खालको अप्रोच नभएको मैले देखिरहेको छु' उनले भने, 'यो प्रोग्रामले विश्वभर नेपाललाई चिनाउँछ, यसलाई सहयोग गर्न नेपाल सरकारबाट पनि केही हामीलाई सहयोग होस् भन्ने अपेक्षा गरेका छौँ ।’

मिस्टर नेपालले आजबाट मिस्टर नेपालको अडिसन सुरु गरेको छ । काठमाडौंबाट सुरु भएको अडिसन देशभर नै गर्ने पनि आयोजक आयोजक धमलाले बताए ।





  • प्रकाशित मिति : फागुन २८, २०७८ शनिबार १६:३०:५७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया