कांग्रेस-एमाले निर्वाचनमा पैसाको बोरा लिएर जाने पार्टी हुन् - झलनाथ खनाल
फाइल तस्वीर

नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता एवं पूर्व प्रधानमन्त्री झलनाथ खनालले नेपाली कांग्रेस र एमालेले सबै ठाउँमा जित्छ भन्नु पैसाको धाक भएको आरोप लगाएका छन् ।

शनिवार नेकपा (एकीकृत समाजवादी) इलाम–काठमाडौं सम्पर्क मञ्चको कार्यक्रममा बोल्दै सम्मानित नेता खनालले यस्तो बताएका हुन् । 

उनले कांग्रेसका गठबन्धनसँग मिलेर चुनावमा नजाने पक्षमा रहेका नेताहरूले पैसाको धाक लगाएर पहिलो नम्बरमा आफूलाई निर्वाचनमा हराउने निर्णय गरेको आरोप लगाए । 

सम्मानित नेता खनालले कांग्रेस र एमाले निर्वाचनमा पैसाको बोरा लिएर जाने पार्टी भएको आरोपसमेत लगाए । 

उनले भने, ‘अब चुनावमा विभिन्न खालका शक्तिहरू अहिले आउँदैछन् । एउटा कांग्रेस, कांग्रेस त बोरामा पैसा बोकेर आउँछ । उनीहरूको चरित्र पनि त्यस्तै हो । हामी सबै जित्छौँ भनिरहेका छन् नि केही कांग्रेसहरूले, त्यो सबै धाक पैसाको हो ।'  

उनले अगाडि भने, 'एमालेको अर्को बैठक भयो, आफ्नो क्याम्पेन इलाम क्षेत्र नम्बर १ बाट गर्ने भन्ने भयो । केपी ओलीलाई ६ गते लाने रे । के हुन्छ, कति मान्छे भेला गर्छन् हेर्न बाँकी नै छ । त्यति मात्रै होइन उनीहरूले पनि बोरामा नै पैसा लाने हो । यहाँ त एउटै केसबाट १८ अर्ब खाएको कुरा छ ।'



उनले आफ्नो पार्टीसँग पैसा नभएको बताउँदै जनता र सर्वहारा वर्गको पार्टीका रूपमा नेकपा एकीकृत समाजवादी रहेको दाबी गरे । सम्मानित नेता खनालले निर्वाचनका लागि आफ्नो पार्टीले विचार, नीति, प्रतिवद्धताको कुरा अघि सारेर व्यावहारिक रूपले अघि बढ्ने बताए ।

सम्मानित नेता खनालले देशको परिस्थिति नयाँ मोडतिर अघि बढिरहेको उल्लेख गर्दै नेपालमा उल्टो तरिकाबाट निर्वाचनको प्रक्रिया भइरहेको बताए । 



उनले देशमा निर्वाचन सामान्यतः राष्ट्रिय निर्वाचन पहिला हुनुपर्ने त्यसपछि मात्र प्रदेश र स्थानीय निर्वाचन हुनुपर्ने भन्दै विगतमा ऐन, कानून नबन्दा यी समस्या सिर्जना भएको उल्लेख गरे । सम्मानित नेता खनालले देशमा अझै पनि शोषण, अन्याय र अत्याचार,समाप्त नभएको दाबी गरे ।

  • प्रकाशित मिति : फागुन २८, २०७८ शनिबार १६:४४:२९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया