मनाङलाई दोस्रोपटक खप्तड गोल्डकपको उपाधि

मनाङ मर्स्याङदी क्लबले पाँचौँ संस्करणको मुख्यमन्त्री सुदूपश्चिम खप्तड गोल्डकपको उपाधि उचालेको छ ।

मनाङले धनगढी रंगशालमा शनिबार भएको फाइनल खेलमा फ्रेन्ड्स क्लबमाथि ३–१ को जित हात पारेको हो ।

यो मनाङको दोस्रो खप्तड गोल्डकप उपाधि हो । यसअघि ऊ पहिलो संस्करणको विजेता बनेको थियो ।

मनाङलाई जित दिलाउन दिनेश राजवंशी, ओलावाले अफिज र मौसा अबागानाले एक–एक गोल गर्दा फ्रेन्ड्सका जमोउल एन्थोनी फ्रेन्कोइसले एक गोल फर्काए ।

खेलको १९औँ मिनेटमा जमोउलले पेनाल्टीमा गोल गर्न नसक्दा फ्रेन्ड्स अग्रता लिन चुकेको थियो ।

उनको प्रहार मनाङका गोलकिपर विशाल सुनारले बचाए ।



२२ औं मिनेटमा दिनेशले फ्रि–किकबाट गोल गर्दै मनाङलाई अग्रता दिलाएका थिए ।

५१औँ मिनेटमा जमोउलले गोल गर्दै फ्रेन्ड्सलाई १–१ गोलको बराबरीमा ल्याए । ७२औँ मिनेटमा आफिजले गोल गर्दै मनाङलाई २–१ ले अघि बढाए । 



८६औँ मिनेटमा मनाङका रुपेश केसी र फ्रेन्ड्सका श्यामबाबु क्याप्छाकीले रातो कार्ड पाएपछि दुवै टोली १० खेलाडीमा समेटिएका थिए ।

खेलको थप गरिएको  समयमा मौसाले गोल गर्दै मनाङलाई ३–१ को जित दिलाए ।

उपाधिसँगै मनाङले २१ लाख नगद प्राप्त गर्दा  उपविजेता बनेको फ्रेन्ड्सले १० लाख नगद पाएको छ ।

मनाङ हिमालयन शेर्पालाई पेनाल्टी सुटआउमा ४–२ तथा फ्रेन्ड्स बागमती युवा क्लब सर्लाहीलाई २–१ ले पराजित गर्दै फाइनल पुगेका थिए ।

सुदुरपश्चिम–११ स्पोर्ट्स क्लब धनगढीले आयोजना गरेको प्रतियोगितामा १० टोलीको सहभागिता थियो ।

  • प्रकाशित मिति : फागुन २८, २०७८ शनिबार १९:१०:१७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया