रुस-युक्रेन युद्ध : भासेलकिभको हवाइ आधार ध्वस्त

रुसी सेनाको रकेट हमलामा भासेलकिभ शहरको एउटा हवाइ आधार ध्वस्त भएको स्थानीय मेयरको भनाइ उदृत गर्दै इन्टरफ्याक्स युक्रेनले जनाएको छ । रकेट हमलामा हतियारसम्बन्धी डिपो प्रभावित भएको भासेलकिभका मेयरले बताएका छन् ।

रुसी सेनाले युक्रेन हमलालाई तीव्र पारेको छ । अहिले रुसी सेनाले राजधानी किभलाई मुख्य निशाना बनाइरहेको छ । रुसी फौज राजधानी किभबाट केही किलोमिटरको दूरीमा मात्र रहेको प्राप्त विवरणहरूमा जनाइएको छ । 

रुसी सेनाले राजधानीमा रकेट हमला गरेको छ । रुसी सेनाले २४ फेब्रुवरीदेखि युक्रेनमा हमला गरिरहेको छ । रुसी हमलालाई युक्रेनी सेनाले कडा प्रतिकार गरेको छ । 

हमलाका कारण युक्रेनबाट २० लाख भन्दाबढी मानिस ज्यान जोगाउन विभिन्न देशमा शरण लिएका छन् ।  





  • प्रकाशित मिति : फागुन २९, २०७८ आइतबार ९:२:९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया