‘बच्चन पाण्डे’काे प्रचार गर्न ट्रक ड्राइभर बने अक्षय कुमार

बलिउड अभिनेता अक्षय कुमारले आफ्नो बहुप्रतिक्षित एक्सन कमेडी फिल्म ‘बच्चन पाण्डे’को फरक किसिमले प्रचार गरिरहेका छन् । 

अक्षय ‘बच्चन पाण्डेकी सवारी’ लेखिएको एक ट्रक चलाउँदै मुम्बईबाट नयाँदिल्ली पुग्दैछन् ।

यो फिल्ममा अक्षयका अलावा कृति सेनन, ज्याकुलीन फर्नान्डिज र अरशद वारसीको पनि प्रमुख भूमिकामा अभिनय छ । फिल्ममा पनि अक्षय ट्रक चालकको भूमिकामा छन् । 

फिल्ममा अक्षयको चरित्र आकर्षणको चरित्र भएकाले पनि निर्माताले प्रचारको नयाँ शैलीलाई अपनाएका हुन् ।

निर्माताहरूले ‘बच्चन पाण्डेकी सवारी’ शनिबारबाट सुरु गरेका छन् । यो सवारी १५ मार्चसम्म अलग-अलग स्थानमा चल्नेछ । फिल्मका निर्देशक फरहाद सामजी हुन् ।





  • प्रकाशित मिति : फागुन २९, २०७८ आइतबार १०:४९:३१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया