नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले गायक प्रकाश सपुतको नयाँ गीत ‘पिर’ को समर्थन गरेका छन् । नेकपा माओवादी केन्द्रका नेताहरूले गीतले जनयुद्ध लडेका महिलाहरूको अपमान गरेको आरोप लगाइरहेका बेला सत्तारुढ कांग्रेस नेता पौडेलले भने समर्थन जनाएका हुन् ।
उनले प्रकाशको गीतले अपमान नभइ अपमानित हुनेहरूको आवाज बोकेको उल्लेख गरेका छन् ।
‘साहित्य- संगीत समाजका प्रतिबिम्ब हुन् । निश्चित समय र शब्द सीमाभित्र बिम्बको प्रयोग गरी प्रतिनिधि घटनालाई देखाउनु यसको विशेषता हो,’ भट्टराईले ट्विट गरेका छन्, ‘प्रकाश सपुतको गीतले कसैको अपमान होइन अपमानित हुनेहरूको आवाज बोकेको छ । हिजो वाक स्वतन्त्रताका लागि लड्यौ भन्नेले आज कसैको मुख बन्द गर्नु लज्जास्पद छ ।’
साहित्य- संगीत समाजका प्रतिबिम्ब हुन्।निश्चित समय र शब्द सीमाभित्र बिम्बको प्रयोग गरी प्रतिनिधी घटनालाई देखाउनु यसको विशेषता हो। प्रकाश सपुतको गीतले कसैको अपमान होईन अपमानित हुनेहरूको आवाज बोकेको छ। हिजो वाक स्वतन्त्रताका लागि लड्यौ भन्नेले आज कसैको मुख बन्द गर्नु लज्जास्पद छ ।
— Pradip Paudel (@paudelpradipNC) March 13, 2022
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।