ला लिगामा बार्सिलोनाको फराकिलो जित

 

स्पेनिस ला लिगामा बार्सिलोनाले शानदार जित हासिल गरेको छ । आज बिहान क्याम्प नोउमा सम्पन्न खेलमा घरेलु टोली बार्सिलोनाले ओसासुनामाथि ४–० को जित हासिल गरेको हो । 

घरेलु टोलीलाई जित दिलाउन पेरान टोरेसले २ तथा इमरिक औवामियाङ र रिकी पुचले १–१ गोल गरे । १४ औं मिनेटमा टोरेसको पेनाल्टी गोलबाट बार्सिलोनाले अग्रता लिएको थियो ।

पाब्लो गाभीमाथि नाँचो भिडालले फउल गरेपछि पाएको पेनाल्टी अवसरमा टोरेस चुकेनन् । २१ औं मिनेटमा टोरेसले व्यक्तिगत दोस्रो  गोल गर्दै टोलीलाई २–० ले अघि बढाए । उनले ओसामाने डेम्वेलेको पासलाई सदुपयोग गरेका थिए ।

२७ औं मिनेटमा डेम्वेलेकै पासमा औवामियाङले गोल गर्दा बार्सिलोनाले पहिलो हाफमा ३–० को आरामदायी अग्रता लियो । ७५ औं मिनेटमा परिवर्तित खेलाडी पुचले गोल गर्दै बार्सिलोनालाई ४–० को फराकिलो जित दिलाए ।

७३ औं मिनेटमा पेड्रीको स्थानमा मैदान छिरेका पुच मैदान प्रवेश गरेको दोस्रो मिनेटमै गोल गर्न सफल भए । यो जितसँगै २७ खेलमा ५१ अंक जोड्दै बार्सिलोना तेस्रो स्थानमा उक्लिँदा पराजित ओसासुना २८ खेलबाट ३५ अंकका साथ ११ औं स्थानमा छ । 






  • प्रकाशित मिति : फागुन ३०, २०७८ साेमबार ७:४१:५५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया