बाजुराको नाउलीगाडमा झोलुंगे पुल निर्माण, १० गाउँ लाभान्वित

बाजुराको गौमुल गाउँपालिका–२ मल्लोदगुनस्थित नाउलीगाड खोलामा झोलुंगे पुल निर्माण गरिएको छ । कादुरी एग्रिकल्चर एण्ड एशोसिएसन ब्रिटिश गोर्खाज, नेपालले निर्माण गरेको झोलुंगे पुलको उद्‍घाटन रक्षा सचिव किरणराज शर्माले गरे । 

जिल्लाको मल्लोदुगुनको कुगुन्ना र बझाङ जोड्ने यो पुल बनेपछि स्थानीय बासिन्दा हर्षित भएका छन् । ८६ लाख २२ हजार रुपैयाँ लागतमा निर्माण भएको पुलको लम्बाइ ८२ मिटर लामो छ ।

नाउलीगाड खोला झोलुंगे पुल उपभोक्ता समितिमार्फत निर्माण भएको हो । यसअघि काठे पुलमार्फत नदी तर्नुपर्ने बाध्यता थियो । पुल बन्दा १० गाउँका बासिन्दा लाभान्वित भएका छन् ।

९० दिनभित्र पुल निर्माण कार्य सम्पन्न गर्ने लक्ष्य रहे पनि वर्षा र हिमपातले गर्दा ९९ दिनमा निर्माण कार्य सम्पन्न भएको कादुरी इन्जिनियर ओहोदनारायण चौधरीले जानकारी दिए । 





  • प्रकाशित मिति : फागुन ३०, २०७८ साेमबार १०:३०:३०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया