एकैपटक ४ सय कर्मचारीको सरुवा गर्नु गैरकानुनी काम : अष्टलक्ष्मी शाक्य
फरकधार / ३० फागुन, २०७८

नेकपा एमाले उपाध्यक्ष तथा पूर्वमुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले बागमती प्रदेश सरकारसँग एकैपटक ४ सय कर्मचारी सरुवा गर्नुको कारण माग गरेकी छन् । सोमबार प्रदेशसभाको बैठकमा बोल्दै उनले गैरकानुनी रूपमा कर्मचारी सरुवा गरेको आरोप लगाउँदै कारण माग गरेकी हुन् । 



नियमविपरित सरुवा गर्दा बेथिति निम्तिने भन्दै नियम विपरित काम गर्नुको औचित्य औंल्याउन मुख्यमन्त्री राजेन्द्र पाण्डेसमक्ष माग गर्नु परेको शाक्यले बताइन् । कानुन र विधिविपरित निर्णय गर्न प्रदेश सरकारलाई पनि छुट नहुने भन्दै कर्मचारीको अधिकार माथि हनन् भएको शाक्यले बताइन् ।

‘कर्मचारीको पनि आफ्नो अधिकार हुन्छ । सरुवा गर्न परे पनि विधि, मूल्यांकन र कानुनी रूपमा मात्रै सरुवा गर्नुपथ्र्यो,’ पूर्वमुख्यमन्त्री समेत रहेकी शाक्यले भनिन्, ‘आफ्नो खुसीले एकैपटक ४ सय कर्मचारी सरुवा गर्नु गैरकानुनी काम भएको छ । यस विषय प्रष्ट पारिदिन हुन मुख्यमन्त्री ज्यूलाई अनुरोध छ ।’  





  • प्रकाशित मिति : फागुन ३०, २०७८ साेमबार १२:४६:५०,  

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया