तीन वर्षभित्र चक्रपथमा मनोरेल, डिपिआरका लागि भोलि हस्ताक्षर हुने

काठमाडौं– काठमाडौं र ललितपुर महानगरपालिकाले मनोरेल सन्चालनको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार पार्न चिनियाँ कम्पनीसँग सम्झौता गर्ने भएका छन् । यो सम्झौता यसअघि मनोरेलको सम्भाव्यता अध्ययन गरेको चिनियाँ कम्पनी चाइना रेल्वे २५ औं ब्यूरो कम्पनी लिमिटेड (सिआरसिसी)सँग नै भोलि डिपिआरमा सम्झौता हुने भएको हो ।

बुधबार सहमतिपत्रमा हस्ताक्षर हुने भएको काठमाडौं महानगरका एक अधिकारीले बताए ।

चिनियाँ कम्पनी सिआरसिसीले यसअघि ६ महिनामा सम्भाव्यता अध्ययन प्रतिवेदन बुझाउने सम्झौता भएको थियो । तर, उसले ३ महिनामा नै अध्ययन प्रतिवेदन बुझाएको थियो ।

उसको प्रतिवेदनअनुसार काठमाडौंको भौगोलिक अवस्था तथा वातावरण सबै अनुसार काठमाडौंमा मनोरेल सन्चालन गर्न सकिनेछ । सिसिआरसीले अब आयोजनाको डिपिआर निर्माणका लागि ६ महिना लाग्ने र ३ वर्षमा मनोरेल बनिसक्ने प्रारम्भिक प्रतिवेदनमा उल्लेख गरेको छ ।

चक्रपथमा इपिसिएफ मोडलबाट सन्चालन हुने भनिएको मनोरेलको सुरुका २ वा ५ वर्ष निर्माण कम्पनीले सन्चालन गर्ने बताइएको छ । 

कम्पनीले बुझाएको प्रतिवेदनअनुसार अहिलेको चक्रपथमा नै २७ दशमलब ५ किलोमिटर लामो मनोरेलमा २१ ठाउँमा यात्रु ओराल्ने तथा चढाउने स्टेसन रहने छन् ।



यो मनोरेल बनाउन १ खर्ब १६ अर्ब रुपैयाँ लाग्ने कम्पनीले तयार गरेको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

काठमाडाै‌का मेयर विद्यासुन्दर शाक्यले चुनावी अभियानमा काठमाडाैंमा मनाेरेल चलाउने वाचा गरेका थिए । 



  • प्रकाशित मिति : पुस ३, २०७५ मंगलबार १७:३५:३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया