फिनिसिङमा चुक्दा बराबरीमा रोकियो म्यानचेस्टर सिटी

इंग्लिस प्रिमियर लिगमा आज बिहान सम्पन्न खेलमा लिग लिडर म्यानचेस्टर सिटी बराबरीमा रोकिएको छ । सिटीले घरेलु टोली क्रिस्टल प्यालेससँग गोलरहित बराबरी खेलेको हो ।

सेलहर्स्ट पार्क स्टेडियममा भएको खेलमा घरेलु टोलीविरुद्ध आक्रामक खेले पनि फिनिसिङमा चुक्दा सिटी अंक बाँड्न बाध्य भयो । २६ औं मिनेटमा केभिन डि ब्रुएनको फ्लिक पासमा जाओ कान्सेलोको प्रयासलाई क्रिस्टलका गोलरक्षक गुआइटाले विफल पारे ।

२७ औं मिनेटमा कान्सेलोको झन्डै ३० यार्ड टाढाको प्रहार रिवाउन्ड हुँदा एमेरिक लोपोर्टाले प्रयास गरे पनि सफल हुन सकेनन् ।

७० औं मिनेटमा ज्याक ग्रेलिस चुक्दा सिटीले अग्रता लिन सकेन । यो बराबरीसँगै शीर्ष स्थानको सिटीले २९ खेलमा ७० अंक जोड्दा क्रिस्टल समान खेलबाट ३४ अंकका साथ ११ औं स्थानमा छ । 






  • प्रकाशित मिति : चैत १, २०७८ मंगलबार ७:४६:२६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया