आइसिसी विश्वकप लिग-२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय सिरिजमा पपुवा न्युगिनी (पिएनजी)ले नेपालसमक्ष २०५ रनको लक्ष्य प्रस्तुत गरेको छ ।
युएईको शारजाह क्रिकेट मैदानमा टस जितेर ब्याटिङ रोजेको पिएनजीले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै २०४ रन बनायो ।
पिएनजीका लागि चाल्र्स अमिनीले अर्धशतकीय पारी खेले । ८२ बलमा ५९ रन बनाएका उनले ७ चौका प्रहार गरे । चाड सोपरले ३५ र टोनी उराले २७ रन जोडे ।
पाँचौं विकेटका लागि अमिनी र सोपरले ७४ रनको उत्कृष्ट साझेदारी गर्दै पिएनजीको पारी उकासेका थिए ।
नेपालका लागि सोमपाल कामीले ३ तथा आरिफ शेख, कप्तान सन्दीप लामिछाने र ज्ञानेन्द्र मल्लले १-१ विकेट हात पार्दा २ विकेट रन आउटका रूपमा प्राप्त भयो ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।