देशभर ८२ जनामा कोरोना पुष्टि, २१३ भए संक्रमणमुक्त
फाइल तस्वीर

नेपालमा पछिल्लो २४ घण्टाको अवधिमा ८२ जनामा कोरोनाभाइरसको संक्रमण देखिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६ हजार १७५ नमुनाको पिसिआर तथा एन्टिजेन विधिबाट परीक्षण गर्दा सो संख्यामा कोरोना भाइरसको संक्रमण देखिएको हो ।

त्यस्तै सोही अवधिमा २१३ जना निको भएका छन् । योसँगै देशभर कोरोना संक्रमणमुक्त हुनेको संख्या ९ लाख ६१ हजार ५६१ पुगेको छ ।

नेपालमा आज कोरोनाबाट मृत्यु हुनेको संख्या शून्य रहेको छ । अहिलेसम्म ११ हजार ८५० जनाको कोरोनाका कारण मृत्यु भएको मन्त्रालयको तथ्यांक छ ।

आज देशभर ४ हजार ५७४ जना सक्रिय संक्रमित रहेका छन् । यो अवधिमा १ लाख ५ हजार ४२२ जनाले कोरोनाविरुद्धको खोप लगाएको मन्त्रालयले जनाएको छ ।





  • प्रकाशित मिति : चैत २, २०७८ बुधबार १६:५७:४५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया