जापानमा बुधबार राति ७.३ म्याग्नेच्युडको भूकम्प गएको जापानी प्रसारण संस्था एनएचकेले जनाएको छ ।
उत्तरपूर्वी जापानमा केन्द्रबिन्दु बनाएर बुधबार राति गएको उक्त भूकम्पको धक्का राजधानी टोकियोसम्म महसुस गरिएको थियो।
भूकम्पबाट भएको क्षतिको विवरण आउन बाँकी छ। भूकम्पपछि जापानमा सुनामीको चेतावनी जारी गरिएको छ।
समाचार संस्था एएफपीका अनुसार भूकम्पपछि झन्डै २० लाख घरमा बिजुली अवरूद्ध भएको छ।
भूकम्पबाट भएको क्षतिको विवरण प्राप्त भइसकेको छैन ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।