लावती भन्छन्- राप्रपा नेपालले ‘तात्विक’ असर गर्दैन

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रवक्ता सगुनसुन्दर लावतीले हिन्दूवादी नेता कमल थापा नेतृत्वको राप्रपा नेपालले स्थानीय तह निर्वाचनमा पार्टीलाई ‘तात्विक’ असर नपार्ने दाबी गरेका छन् । 

देशव्यापी रूपमा पार्टी संगठन विस्तार गर्न नसकेको, उनीसँग केही नेता मात्रै राप्रपाबाट गएको र अर्कोतिर ‘विभाजनकारी नेता’को छवि पनि भएकाले निर्वाचनमा खासै असर नगर्ने उनले बताए । 

उनले भने, ‘१०/२० भोट तलमाथि होला तर हामीलाई असर गर्ने देखिँदैन ।’ 

२०७४ मा भन्दा बढी स्थानीय तहमा पार्टीले विजय हासिल गर्ने पनि उनको दाबी छ ।





  • प्रकाशित मिति : चैत ३, २०७८ बिहीबार ११:१४:४५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया