घट्दै संक्रमण, ४७४७ को परीक्षण गर्दा २७ जनामा कोरोना पुष्टि
फाइल तस्बिर

पछिल्लो २४ घण्टामा २७ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज सार्वजनिक गरेको बुलेटिनमा चार हजार ७४७ जनामा कोरोना परीक्षण गर्दा २७ जनामा संक्रमण देखिएको हो । 

मन्त्रालयका अनुसार सक्रिय संक्रमितको संख्या चार हजार ३७६ रहेको छ । पछिल्लो समय २२० कोरोनाबाट निको भएर घर फर्किएका छन् । 

यससँगै निको हुनेको संख्या नौ लाख ६१ हजार ७८१ पुगेको छ । निको हुने दर ९८.३ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । आज संक्रमणबाट कसैको पनि निधन भएको छैन । 

मन्त्रालयका अनुसार २०० भन्दा बढी संक्रमित भएका जिल्लामा ललितपुर, काठमाडौं, चितवन, कास्की र बाँके रहेका छन् । शून्य सङ्क्रमित भएका जिल्ला मनाङ, रुकुमपूर्व, बाजुरा र जुम्ला रहेका छन् । 

नेपालमा संक्रमणदर १७.८ प्रतिशत रहेको छ । हाल होम आइसोलेसनमा चार हजार ३०२, संस्थागत आइसोलेसनमा ७४, आइसीयुमा २८ र भेन्टिलेटरमा छ जनाको उपचार हुँदैछ । पछिल्लो २४ घण्टामा एक लाख ४५ हजार ९८४ जनाले खोप लगाएका छन् ।





  • प्रकाशित मिति : चैत ३, २०७८ बिहीबार १७:५५:३०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया