कांग्रेस नेतालाई वर्षमानको चेतावनी : हेपेर नबोल्नू, सत्ताबाट सडकमा पुग्नुहोला

नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुनले कांग्रेसका नेताहरूलाई विचार गरेर बोल्न चेतावनी दिएका छन् । ​आफूहरूकै कारण सत्तामा पुगेको उल्लेख गर्दै उनले कांग्रेसका केही नेतामा उन्माद देखिएको भन्दै आक्रोश पोखेका हुन् ।  

पुनले सत्तामा रहेकालाई सडकमा र सडकमा रहेकालाई सत्तामा पुर्‍याउने हैसियत आफूहरूको रहेकाले विचार गरेर बोल्न पनि सचेत गराए ।

‘पाँच वर्षका लागि सडकमा पुगेको कांग्रेसलाई बुई चढाएर हामीले सत्तामा पुर्‍याएका हौं। आज केही कांग्रेस नेतामा सत्ता  उन्माद देखिएको छ’, माओवादी लुम्बिनी प्रदेश स्तरीय प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै पुनले भने, ‘कांग्रेसका केही नेताले माओवादी केन्द्र र सत्ता गठबन्धनमा सहभागी दललाई हेप्ने, अपमान गर्ने र सार्वजनिक टिप्पणी गर्ने गरेका छन् । हामी सरकार बनाउन सक्छौं, भत्काउन पनि सक्छौं । सडककालाई सत्तामा र सत्ताका लागि सडकमा पुर्‍याउने ताकत हामीसँग छ । यो कांग्रेस नेताहरूले बुझ्न जरुरी छ ।’ 

पुनले केपी ओलीमा सत्ता उन्माद चढेपछि उनले भोगेको हविगतबाट कांग्रेसले पाठ सिक्नु पनि आग्रह गरे ।  ‘सत्ता उन्मादले केपी ओली प्रतिगमनको नाइके हुनुभयो । पटकपटक संसद विघटन गर्नुभयो’, उनले भने, ‘आफ्नो कर्मका कारण दुई तिहाइ विशाल जनमतसहितको शक्तिशाली प्रधानमन्त्री आज सडकमा पुग्नुभएको छ, ६ महिनादेखि बिना एजेण्डा संसदमा नारा लगाइरहनुभएको छ ।’
 
पुनले माओवादी केन्द्र कसैसँग तालमेल नगरी आफ्नै बलमा निर्वाचन लड्न र जित्न सक्षम रहेको दाबी पनि गरे ।  





  • प्रकाशित मिति : चैत ४, २०७८ शुक्रबार ९:१९:४३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया